बारा । बारा निर्वाचन क्षेत्र नम्बर–४ मा घरदैलो अभियानका क्रममा उम्मेदवार रहबर अंसारी र स्थानीयबीच झडप हुँदा दुई जना घाइते भएका छन्।
स्थानीयका अनुसार घरदैलो अभियानका क्रममा जेन्जी अभियन्ता कृष्ण मोहन सहनी तथा उपस्थित मतदाताले विभिन्न विषयमा प्रश्न सोध्दा अंसारी गाडीबाट नउत्रिएको आरोप लगाइएको छ। त्यसपछि उनका संगठन प्रमुख तथा कार्यकर्तामार्फत सहनी र उनका समर्थकमाथि हातपात भएको दाबी गरिएको छ।
घटनामा भएको आक्रमणबाट दुई जना घाइते भएको र उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ। यसैबीच, उक्त घटनापछि स्थानीय स्तरमा तनावको अवस्था देखिएको छ।