×

दुबई प्रहरीले विमानस्थल र दुबई क्षेत्रका कुनै पनि भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न चेतावनी दिएको छ।

दुबई र कतार लगायतका मध्यपूर्वमा भइरहेको इरान–अमेरिका तनाव क्रममा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुलाई प्रहरीले त्यस्ता भिडियो पोस्ट नगर्न, डिलिट गर्न तथा कसैलाई पनि नपठाउन आग्रह गरेको हो।

प्रहरीले एक भिडियो सन्देशमार्फत यस्तो कार्यले तपाईं र हाम्रो सुरक्षा र हित नगर्ने उल्लेख गरिएको छ। यसले अर्को वर्गलाई मात्र फाइदा पुग्ने र सबै भिडियो खिच्दै पोस्ट गर्न माहिर हुनुहुन्छ र अर्को पक्षले सजिलै फाइदा लिइरहेको भिडियो सन्देशमा भनिएको हो। त्यसका कारण यस्तो काम बन्द गर्नका प्रहरीले आग्रह गरेको छ।

प्रहरीले यदि काम रोकिएन र भिडियो खिच्ने व्यक्ति फेला परेमा डिपोर्टसम्मको कारबाही गर्न बाध्य हुने चेतावनी समेत दिएको हो।

Back to top