वीरगञ्ज । मौन अवधिको सुरुआतसँगै राजनीतिक गतिविधि औपचारिक रूपमा रोकिएको छ ।
सबै जना मौन अवधिको पालना गरे जस्तै प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुशील कुमार कानु सादगीपूर्ण रूपमा चुपचाप होलिका दहनमा सहभागी भएको फोटो भाइरल भएको छ । उनको सादगी पनले एक पटक पुन:नेताभन्दा बढी जनताकै सेवक रहेको पुष्टि गर्छ ।
सामान्य नागरिकसरह सादा पोसाकमा उपस्थित भई पूजापाठ गर्दै आशीर्वाद लिएको तस्बिर यति बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
पर्सा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुशील कुमार कानु सादगीपूर्ण रूपमा होलिका दहन कार्यक्रममा सहभागी भएको फोटो भाइरल भएको छ । कानु सामान्य नागरिकसरह सामान्य पोसाकमा उपस्थित भई पूजापाठ गर्दै आशीर्वाद लिएको तस्बिर यति बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको पूर्व सन्ध्यामा होलिका दहनमा उनी देखिएका छन् । सत्यले असत्यलाई पराजित गरेको ऐतिहासिक सन्देश बोकेको यस पर्वमा उनको सरल उपस्थिति मतदातामाझ सकारात्मक सन्देशका रूपमा लिइएको स्थानीयवासी बताउँछन् ।
कानु यसअघि सोही क्षेत्रको वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । क्षेत्रको दीर्घकालीन विकास र नीतिगत परिवर्तनका लागि वडाध्यक्ष पद त्यागेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै चुनावी मैदानमा उत्रिएका हुन् ।
होलिका दहनले समाजमा सद्भाव, एकता र सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास गरिन्छ । होलीको रङजस्तै समाज विविधतामा एकता, प्रेम र आपसी सम्मानले अघि बढ्ने सन्देश यस पर्वले दिन्छ ।
यसैबिच, सामाजिक सञ्जालमा भाइरल तस्बिरले उम्मेदवार कानुको सादगीपूर्ण जीवनशैली र धार्मिक–सांस्कृतिक परम्पराप्रतिको सम्मानलाई झल्काएको देखिन्छ ।
चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा पनि शान्त र संयमित रूपमा जनताको बिचमा रहनु नै आफ्नो मूल उद्देश्य रहेको उनले निकटवर्तीहरूलाई बताएका छन् ।
आगामी निर्वाचनले क्षेत्र नम्बर २ को राजनीतिक दिशालाई नयाँ मोड दिने अपेक्षा गरिएको छ ।