×

वीरगञ्ज । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान गरेका छन्।

पूर्वमुख्यमन्त्री सोनलले बारा जिल्लाको परवानीपुर गाउँपालिका–३ स्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।

मतदानपछि उनले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन अत्यन्त महत्वपूर्ण प्रक्रिया भएकाले सबै मतदाताले आ–आफ्नो मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गर्नुपर्ने बताए। साथै उनले शान्तिपूर्ण र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।

Back to top