एआइको सहयोगले तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । स्थानीय बजारमा सुनको मूल्यमा मङ्गलवार पनि गिरावट आएको छ । साताको सुरुवातदेखि नै लगातार घटिरहेको सुनको भाउ आज थप १६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँ तोकिएको छ । सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ मा कारोबार भएको थियो ।
आइतबार एकै दिन तोलामा १२ हजार ५०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार थप ६ हजार ५०० रुपैयाँले घटेको थियो । यस हिसाबले पछिल्लो तीन दिनमा सुनको भाउ कुल २० हजार ६०० रुपैयाँले घटिसकेको छ ।
यसैबिच, चाँदीको मूल्य भने आज बढेको छ । तोलामा ८० रुपैयाँले बढेर चाँदीको भाउ ४ हजार ५०५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदी व्यवसायी महासङ्घले जनाएअनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको गिरावट र स्थानीय मागमा आएको कमीका कारण नेपाली बजारमा पनि सुनको भाउ लगातार घटिरहेको छ ।
व्यवसायीहरूका अनुसार, सुनको मूल्य घट्ने क्रम अझै केही दिन जारी रहन सक्ने छ ।