×

वीरगञ्ज । विवादित व्यवसायी दीपक भट्टसँगको घनिष्ठ सम्बन्धका कारण देशकै पुराना तथा ठूला व्यावसायिक घरानामध्ये एक शंकर समूह गम्भीर संकटमा परेको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट पक्राउ परेसँगै उनलाई समर्थन वा सहयोग गरेको आरोपमा शंकर समूह समेत अनुसन्धानको दायरामा आइसकेको छ।

प्रहरीले समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई पक्राउ गरिसकेको छ भने उनका छोराहरूलाई खोजी तथा निगरानी राखिएको स्रोतले जनाएको छ।

कम्पनीका ४० भन्दा बढी उद्योग प्रभावित अनुसन्धान तीव्र बनेसँगै शंकर समूहअन्तर्गत सञ्चालनमा रहेका ४० भन्दा बढी उद्योग तथा व्यवसाय प्रत्यक्ष प्रभावित हुने देखिएको छ। शंकर ग्रुपको वार्षिक कारोबार सवा खर्ब रुपैयाँ, समूहले १५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगार, बैंक तथा वित्तीय संस्थाबाट करिब २ खर्ब रुपैयाँ ऋण प्रवाह यति ठूलो आर्थिक आकार भएकाले यस प्रकरणले वित्तीय प्रणाली, उद्योग सञ्चालन तथा रोजगारमा समेत लड्खडाहट आउने विश्लेषण गरिएको छ।

९१ वर्ष पुरानो व्यावसायिक घराना- शंकर समूहको इतिहास झण्डै नौ दशक पुरानो छ। सन् १९३५ मा रावतलाल अग्रवालले काठमाडौंको न्यूरोडमा विदेशबाट ल्याएपछि कपडा बिक्री गर्ने कार्यबाट यसको सुरुवात भएको थियो। त्यसपछि उनका छोरा शंकरलाल अग्रवालले यस व्यवसायलाई ठूलो स्वरूप विकास गर्दै देशकै प्रभावशाली औद्योगिक घरानामध्ये एक बनाएका थिए।

दीपक भट्टसँगको सम्कन, सम्भावित आर्थिक लेनदेन तथा शंका लाग्दो कारोबारबारे चलिरहेको छानबिनले समूहको भविष्यलाई अनिश्चित बनाइरहेको छ। अहिले अनुसन्धानको निष्कर्ष अनुसार यस प्रकरणले निजी क्षेत्र, बैंकिङ क्षेत्र तथा उद्योग क्षेत्रमा ठूलो प्रभाव पार्ने आँकलन गरिएको छ।

Back to top