×

वीरगञ्ज । पेट्रोलियम पदार्थको अभाव र लगातार बढ्दो मूल्यलाई कारण देखाउँदै नेपाल सरकारले हप्तामा दुई दिन सरकारी बिदा लागू गर्ने निर्णय गरेको छ। नयाँ प्रावधानअनुसार भोलीदेखि नै सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरू शनिबार र आइतबार बन्द रहनेछन्।

बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आजै क्याबिनेट बैठकबाट निर्णय पारित गर्दै नयाँ कार्यतालिका लागू गर्न निर्देशन दिएको हो। यानुसार सरकारी कार्यालयको कारोबारी समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म रहनेछ।

भारतको प्रमुख सञ्चारमाध्यम ‘आजतक’ले पनि समाचार प्रकाशित नेपालको निर्णय सार्वजनिक भएको केही घन्टामै भारतीय राष्ट्रिय समाचार माध्यम आजतकले पनि “नेपालमा हप्तामा दुई दिन छुट्टी” शीर्षकमा समाचार प्रकाशित गरेको छ।

आजतकले लेखेको छः “इन्धनको अभाव र आर्थिक दबाबका कारण नेपाल सरकारले शनिबार र आइतबार दुई साप्ताहिक बिदा लागू गरेको छ।” समाचारमा नेपाल सरकारले सरकारी कार्यालयको समय निर्धारणदेखि इन्धन संकट व्यवस्थापनका उपायहरूलाई प्राथमिकतामा राखेको उल्लेख छ।

पेट्रोलियम अभावका कारण निर्णय अर्थतन्त्रमा थप दबाब नपरोस्, इन्धन खपत नियन्त्रण होस् र सरकारी खर्च व्यवस्थापन होस् भन्ने उद्देश्यसहित यस निर्णय गरिएको सरकारका स्रोतहरूले जनाएका छन्।

सरकारी तथा शैक्षिक क्षेत्रमा हप्तामा दुई दिन बिदा लागू भएपछि सार्वजनिक यातायात, इन्धन खपत र ऊर्जा उपयोगमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ। यस निर्णयले नेपालमा प्रशासनिक व्यवस्था, शैक्षिक सञ्‍चालन र श्रम व्यवस्थापनमा नयाँ मोड ल्याउने विश्लेषकहरूको धारणा छ।

Back to top