काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज विदेशी राजदूतहरूसँग सामूहिक भेटघाट गर्दैछन्। प्रधानमन्त्रीमा नियुक्त भएको पछिल्लो चरणपछि विदेशीसँगको यो पहिलो औपचारिक सामूहिक भेटघाट हुन लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनेछन्। विगतमा प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै कूटनीतिक मर्यादाभन्दा बाहिर गएर राजदूतहरूको अत्यधिक आवतजावत हुने प्रचलन थियो। तर यो क्रम तोड्दै प्रधानमन्त्री शाहले औपचारिक कार्यक्रममा मात्र राजदूतहरूसँग भेट गर्ने व्यवस्था मिलाएका हुन्।
गत फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा शाह आबद्ध दल राष्ट्रिय स्वतन्त्र पार्टीले दुई–तिहाइ नजिकको जनमत प्राप्त गरेको थियो। सोही आधारमा शाह चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।