वीरगञ्ज । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार बिहान दन्त उपचारका लागि काठमाडौंको महाराजगन्जस्थित प्रहरी अस्पताल पुगेका छन्।
प्रहरी अस्पतालका एक अधिकारीका अनुसार दाँतमा समस्या देखिएपछि प्रधानमन्त्री शाह अस्पताल पुगेका हुन्। उनले अस्पताल पुगेर दाँतको परीक्षण गराएका छन्।
प्रहरी अस्पतालमा दन्त चिकित्सकको सेवा गुणस्तरीय रहेको भन्दै आम नागरिकबीच पनि यसको विशेष चर्चा हुने गरेको छ।
प्रधानमन्त्री बालेनले आवश्यक प्राथमिक परीक्षण पूरा गरिसकेको र चिकित्सकको परामर्शअनुसार थप उपचार प्रक्रिया अघि बढाइने जनाइएको छ।