वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० मा डेरा गरी बस्दै आएकी एक युवतीले आफ्नै कोठामा आत्महत्या गरेकी छन्।
आत्महत्या गर्नु अघि उनले आफ्नो TikTok आइडीमार्फत भिडियो पोस्ट गर्दै : भिडियो हेर्न यहा किलिक गर्नुस
रौतहटको दिपही निवासी २० वर्षीया माही गुप्ता ले आज बिहान करिब ९ बजे कोठाभित्र पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनी मोडलिङ क्षेत्रमा सक्रिय रहँदै आएकी तथा टिकटकमार्फत चर्चित व्यक्तिका रूपमा चिनिन्थिन्।
प्रारम्भिक जानकारीअनुसार उनले आफ्नै गाउँका विवेक गुप्ता सँग प्रेम विवाह गरेकी थिइन्। दुवैबीच केही समयदेखि वैवाहिक सम्बन्धमा तनाव रहेको र श्रीमानले दोस्रो विवाहको तयारी गरिरहेको कारण उनी मानसिक तनावमा रहेको उनका साथीहरूले बताएका छन्।
आत्महत्या गर्नु अघि उनले आफ्नो TikTok आइडीमार्फत भिडियो पोस्ट गर्दै आफ्ना भावनात्मक पीडा व्यक्त गरेकी थिइन्।
करिब सात वर्षअघि भएको प्रेम विवाहपछि पछिल्लो समय सम्बन्धमा समस्या देखिँदै आएको बताइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।