×

वीरगञ्ज । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा पूरै विकेट गुमाएर २५६ रन बनाएको हो ।

नेपालका लागि आसिफ शेखले ९४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, अर्जुन कुमालले ४८ तथा दीपेन्द्रसिंह ऐरीले ३३ रन प्रहार गरे ।

त्यस्तै, नेपालका लागि आरिफ शेखले आक्रामक ब्याटिङ गरे । उनले २४ बलमा ४३ रन प्रहार गरे ।

ओमानका नदीम खानले ३ तथा शकिल अहद र हसनैन शाहले २–२ विकेट लिए ।

Back to top