आजकल धेरै मानिसहरू मधुमेहको समस्याबाट पीडित छन् र प्रायः हरेक घरमा एक जनालाई यो समस्या देखिने गरेको छ। यस्तोमा, शरीरमा मधुमेह भएको कुरा हाम्रो हातबाट पनि पत्ता लगाउन सकिन्छ। शरीरमा कुनै पनि समस्या हुँदा केही न केही लक्षणहरू देखिन्छन्, जसलाई बेवास्ता गर्नु हानिकारक हुन सक्छ।
मधुमेहको समस्या हुँदा हातहरूमा केही खास संकेतहरू देखिन्छन्, जसलाई मधुमेहको लक्षणका रूपमा बुझ्न सकिन्छ। यस्ता लक्षणहरूबाट तपाईं रोगको अनुमान लगाउन सक्नुहुन्छ:
हातको छाला रुखो हुने र पत्र निस्कने: मधुमेह हुँदा हातको पछाडिको छाला रुखो हुन थाल्छ। यसका साथै छालाबाट पत्र जस्तो निस्कने पनि गर्छ।
औंलाहरू कडा हुने: यदि तपाईंलाई मधुमेहको समस्या छ भने औंलाहरू पनि कडा हुन थाल्छन्। यसले गर्दा औंलाहरू चलाउन पनि समस्या हुने गर्छ।
हात सुन्निने: मधुमेहको समस्यामा हातहरू सुन्निने पनि हुन्छ। यस्ता लक्षणहरूलाई बेवास्ता गर्दा समस्या झन् बढ्न सक्छ।
पिनले घोँचेजस्तो दुखाइ: कहिलेकाहीँ हातमा पिनले घोँचेजस्तो खालको दुखाइ हुनु पनि मधुमेहको लक्षण हुन सक्छ।
यीबाहेक, शरीरको तौल बढ्दै जाँदा मधुमेह हुने खतरा पनि बढेर जान्छ। यसबाट बच्नका लागि सबैभन्दा महत्त्वपूर्ण उपाय भनेको तौललाई नियन्त्रित राख्ने वा बढेको छ भने घटाउनु पर्छ। साथै, दैनिक रूपमा बिहान १० देखि १५ मिनेट घाममा हिँडडुल गर्नु पनि फाइदाजनक हुन्छ। यदि तपाईंलाई यस्ता कुनै पनि लक्षणहरू देखिएमा चिकित्सकसँग परामर्श लिनु राम्रो हुन्छ।