वीरगञ्ज । स्काई लाइन इन्फ्रा लिमिटेड अन्तर्गत सञ्चालनमा रहेको स्काई लाइन मलको माथिल्लो तल्लामा नयाँ बार एण्ड लाउन्ज “नेस्ट बाइ सरोवर” सञ्चालनमा आएको छ ।
वीरगञ्जमा आधुनिक सुविधा तथा आकर्षक वातावरणसहित सुरु गरिएको उक्त रेस्टुरेन्टले स्थानीयवासी तथा बाहिरबाट आउने पाहुनाहरूलाई नयाँ स्वाद र फरक अनुभव प्रदान गर्ने उद्देश्य राखेको सञ्चालक पक्षले जनाएको छ ।
रेस्टुरेन्टमा नेपाली, भारतीय तथा अन्य विभिन्न परिकार उपलब्ध गराइने बताइएको छ । पारिवारिक भेटघाट, व्यवसायिक जमघट तथा विशेष अवसरका लागि उपयुक्त वातावरण तयार गरिएको सञ्चालकहरूको भनाइ छ ।
नेस्ट बाइ सरोवर ले स्वादिष्ट भोजन, उत्कृष्ट सेवा तथा आधुनिक आतिथ्यमार्फत वीरगञ्जको होटल तथा रेस्टुरेन्ट क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने विश्वास लिएको छ ।
सञ्चालक पक्षका अनुसार यस रेस्टुरेन्टले वीरगञ्ज आउने आन्तरिक तथा बाह्य पाहुनालाई गुणस्तरीय सेवा प्रदान गर्दै शहरको आतिथ्य व्यवसायमा थप आकर्षण ल्याउने अपेक्षा गरिएको छ ।
विशेष रूपमा रेस्टुरेन्टको माथिल्लो तलाबाट सम्पूर्ण वीरगञ्ज शहरको मनमोहक दृश्य अवलोकन गर्दै स्वादिलो परिकारको आनन्द लिन सकिने व्यवस्था गरिएको छ । स्वादसँगै रमणीय दृश्यको अनुभवसमेत प्रदान गर्ने भएकाले नेस्ट बाइ सरोवर वीरगञ्जको नयाँ आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।