फाइल तस्बिर ।
वीरगञ्ज । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मधेस प्रदेशमा नेपाली काँग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् ।
महोत्तरीको बर्दिबासमा बुधवार आयोजित ‘नेपाली काँग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’ लाई सम्बोधन गर्दै सभापति थापाले मधेस प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेसले निरन्तरता दिने बताएका हुन् ।
सभापति थापाले नेपाली काँग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि बढ्न पार्टी पङ्क्तिलाई निर्देशन दिए ।