×

वीरगञ्ज । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रमुख आइजिपीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

आईजीपीद्वय दानबहादुर कार्की र नारायणदत्त पौडेल दुवै जनालाई मानव अधिकार उल्लङ्घन कसुरमा विभागीय कारबाही गर्न सिफारिस गरेको हो ।

कार्की र पौडेल भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा एआईजी थिए । हाल भने दुवै जना आइजिपी बनेका हुन् ।

उनीहरूबाहेक आयोगले प्रहरीका तत्कालीन आइजिपी चन्द्र कुवेर खापुङ, सशस्त्र प्रहरी बलका राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई समेत कारबाही गर्न सिफारिस गरेको छ ।

Back to top