×

सांकेतिक तस्बिर ।

वीरगञ्ज । नेपाली बजारमा आज (शुक्रवार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि १७५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ५ हजार ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Back to top