वीरगञ्ज । गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा प्रभावकारी तथा व्यवहारिक शिक्षण पद्धतिबारे विशेष शिक्षक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका निर्देशक उमेश चौरसियाको उपस्थितिमा तथा नेशनल एकेडेमी क्याम्पसका श्याम शाहको सहजीकरणमा आयोजित कार्यक्रममा शिक्षकहरूलाई आधुनिक, विद्यार्थीमैत्री तथा परिणाममुखी शिक्षण विधिबारे प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागी शिक्षकहरूलाई विभिन्न समूहमा विभाजन गरी शिक्षण प्रक्रियालाई अझ प्रभावकारी बनाउने उपायहरूबारे गहन छलफल गरिएको थियो । विचार आदानप्रदान, अनुभव साझेदारी तथा सामूहिक अन्तरक्रियामार्फत कक्षाकोठा शिक्षणलाई थप गुणस्तरीय र प्रभावकारी बनाउने विषयमा विभिन्न सुझावहरू प्रस्तुत गरिएका थिए ।
त्यसैगरी, विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीहरूको सिकाइ उपलब्धि वृद्धि तथा शिक्षकहरूको पेसागत दक्षता विकासका लागि आवश्यक योजना र उपायहरूबारे समेत विस्तृत छलफल गरिएको थियो ।
विद्यालय प्रशासनले निरन्तर सिकाइ, सुधार र गुणस्तरीय शिक्षाप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याउँदै यस्ता कार्यक्रमहरूले शिक्षकहरूको पेसागत क्षमता विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। साथै, भविष्यमा पनि यस्ता प्रशिक्षण तथा अन्तरक्रियामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।