×

वीरगञ्ज । लिखतसम्बन्धी कसुरको आरोपमा पक्राउ परेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्धको मुद्दा जिल्ला अदालत पर्साको एक नम्बर इजलासमा परेको छ ।

जिल्ला अदालत पर्साका स्रेस्तादार प्रभाकर मल्लिकका अनुसार उक्त मुद्दा मुख्यन्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासमा परेको हो । अब अदालतले मेयर सिंहको बयान लिने प्रक्रिया सुरु गर्नेछ भने त्यसपछि थुनछेक बहस हुनेछ ।

थुनछेक बहस सम्पन्न भएपछि अदालतले मेयर सिंहलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने सम्बन्धमा आदेश दिनेछ ।

पर्सा प्रहरीले मेयर सिंहलाई मङ्गलवार पक्राउ गरी अदालतमा उपस्थित गराएको जनाएको छ ।

मुद्दाको थप सुनुवाइ र अदालतको आदेशलाई चासोका साथ हेरिएको छ ।

Back to top