×

वीरगञ्ज । वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसको सञ्चालक समिति पुनर्गठन गरिएको छ । क्याम्पस सञ्चालक समितिको २०८३ जेठ १६ गते सम्पन्न बैठकले नयाँ पदाधिकारी तथा सदस्यहरूलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

क्याम्पसद्वारा जारी सूचनाअनुसार पुनर्गठित सञ्चालक समितिको अध्यक्षमा डा. रामऔतार खेतान चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा हरि प्रसाद गौतम तथा कोषाध्यक्षमा सुरेश कुमार रुंगटा चयन भएका छन् ।

समितिका सदस्यहरूमा बेद बहादुर कार्की, श्रीमती बर्जित कौर र किशोरी राय रहेका छन् भने जयप्रकाश खेतानलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

क्याम्पस प्रशासनले नवगठित समितिले क्याम्पसको शैक्षिक, प्रशासनिक तथा भौतिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै संस्थाको उत्तरोत्तर प्रगतिका लागि प्रभावकारी कार्य गर्ने विश्वास व्यक्त गरेको छ ।

क्याम्पसले शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण सरोकारवालाहरूलाई नयाँ सञ्चालक समिति गठन भएको जानकारी गराउँदै समितिको सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

Back to top