×

वीरगञ्ज। पूर्वराजा ज्ञानेन्द्र शाहको ८० औँ शुभ जन्मोत्सवको अवसरमा पर्साको वीरगञ्जमा शुभकामना तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ।

देशभक्त राजभक्त वीरगञ्जको आयोजनामा तथा अध्यक्ष दीपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा वीरगञ्ज महानगरपालिका–स्थित महावीर मन्दिरको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको सुस्वास्थ्य, दीर्घायु तथा सुखद जीवनको कामना गर्दै जन्मोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा पशुपति विक्रम शाह, श्रीमती उषा शाह, अब्दुल सत्तार अन्सारी, वीरेन्द्र थापा, अनु राणा, शम्भु चौरसिया, रामनारायण साह, कमल घिमिरे, मोती रहमान, जय रौनियार, पृथ्वी मलाहलगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

Back to top