सबै जना स्वस्थ र चम्किलो छाला चाहन्छन् । यो प्राप्त गर्न केही मानिसहरू महँगा सौन्दर्य उत्पादनहरू प्रयोग गर्छन् भने कतिपयले विभिन्न घरेलु उपायहरू अपनाउँछन् ।
त्यस्तै एउटा उपाय नुनपानीले अनुहार धुनु पनि हो । तपाईंले केही 'ब्युटी इन्फ्लुएन्सर'हरूले यसरी अनुहार धोइरहेको पनि देख्नुभएको होला ।
तर के यो सुरक्षित छ ? आजको यस लेखमा हामी नुनपानीले अनुहार धुँदा देखिने असरबारे चर्चा गर्नेछौँ ।
'हेल्थलाइन'को रिपोर्टअनुसार नुनले अनुहारमा हल्का 'स्क्रब'को रूपमा काम गर्छ । यसले छालाका मृत कोषहरू हटाउन मद्दत गर्छ, जसले छालालाई सफा, नरम र केही उज्यालो देखाउँछ । यसबाहेक नुनले छालाबाट अतिरिक्त तेल, धुलो र फोहोर हटाउन पनि सहयोग गर्छ । यसले रोमछिद्रहरू सफा गर्न र तैलीय छाला भएकाहरूलाई केही राहत प्रदान गर्न सक्छ ।
नुनपानीले अनुहारको छालामा फाइदा पुर्याउने भए तापनि यसलाई दैनिक वा अत्यधिक प्रयोग गर्नु उचित हुँदैन । अत्यधिक प्रयोगले छालालाई हानि पुर्याउन सक्छ । यसका केही सम्भावित हानिहरू यस प्रकार छन्:
त्यसोभए के गर्ने?
(अस्वीकरण: सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ । थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोस् ।)