प्रदेश नं. २ को प्रदेश प्रमुखमा नवनियुक्त हरिशंकर मिश्रप्रति जनता समाजवादी पार्टी नेपालका एक नेता कडा प्रतिक्रिया दिएका छन् ।
जसपाका केन्द्रीय सदस्य तथा वरिष्ठ सञ्चारकर्मीसमेत रहेका रामरिझन यादवले प्रदेश २ का नवनियुक्त प्रदेशप्रति आलोचना गरेका छन् ।
उनले प्रदेश प्रमुख मिश्रप्रति भनेका भनेका छन्, ‘हरिशंकर मिश्र कति पापी छन् भन्ने कुरा यसबाट प्रष्टिन्छ कि लगाउँछन् पाग, धोती र कुर्ता तर सपथग्रहण गर्ने बेलामा आफ्नो मातृभाषा मैथिलीलाई बिर्सिन्छन् ।’
‘धोती,कुर्ता र गम्छा उनको लागि भारतीय पोषाक भैदिन्छन । पदको लागि बाउलाई समेत विर्सिने मिश्रको बुवा रामनारायण मिश्रा एउटा यस्तो दिग्गज पार्लियामेन्ट्रीयन थिए जो २०१५ सालको संसदमा हिन्दी बोल्दा सबै थर्कमान हुन्थे ।’ जसपा नेता यादवले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनी अघि थपेका छन्, ‘अस्ति भर्खरै म पिप्राबाट फर्केको छु । बीच बाटैमा रामनारायण मिश्राको प्रतिमा स्थापित गरिएको छ । भूपू प्रम तथा नेका अध्यक्ष गिरिजाप्रसाद कोइरालाद्वारा अनावरण गरिएको उक्त प्रतिमाको तलतिर रामनारायण मिश्रालाई सहिद भनेर सम्बोधन गरिएको छ । प्रदेश प्रमुखको कुर्सी पड्काएका छोरा हरिशन्कर मिश्र तथा सिङ्गो नेपाली काग्रेसलाई प्रश्न सोध्न चाहन्छु कि तत्कालीन उद्योगमन्त्री रामनारायण मिश्रा कहिले र कहाँ कुन मोर्चामा सहिद हुनु भएको थियो भन्ने कुरा स्पष्ट पार्न कष्ट गर्नु होला !’