×

वीरगञ्ज ३० असोज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ पथलहवाघाटको जङ्ग्ल छेउमा बाघ मृत फेला परेको छ । 

राष्ट्रिय वनबाट करिब तीनसय मिटर दक्षिण भलुवाही खोला नजिकै आईतबार मृत भेटिएको ९ फिट ४ इन्चको मृत बाघ फेला परेको हो ।

बाघको दुईवटा खुट्टा काटेर लगेको पाईएको डिभिजन वन कार्यालय पर्साले जनाएको छ । 

तीनचार दिन अघि नै मरेको बाघको मृत शरीरबाट दुर्गन्ध पनि आउन थालेको डिभिजन वन कार्यालयका प्रवक्ता फरमान मियाँले बताए । मृत बाघ अहिले सवडिभिजन वन कार्यालय बषन्तपुरमा राखिएको छ ।    


 

Back to top