वीरगञ्ज, २७ पुष । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ दोहरीको खेलाबगर क्षेत्रबाट प्रहरीले २ कठ्ठा क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको छ ।
अवैध रुपमा अफिम खेती भइरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय एकटांगाका प्रहरी नायब निरीक्षक रबिन्द्र खड्काको नेतृत्वमा खटिएको टोलीले अफिम खेती फडानी गरेको हो ।
फडानी गरिएको अफिम खेती जनप्रतिनिधी, सञ्चारकर्मी र स्थानीयको रोहबरमा नष्ट गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनका अनुसार अफिम खेती कसले गरेको हो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।