×

वीरगञ्ज, २५ फागुन ।  होली खेल्न घरबाट निस्किएका एक पुरुष बिहिवार मृत अवस्थामा फेला परेका छन् । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ८ हरपुर बस्ने ५० वर्षीय लक्ष्मी राम चमार आफ्नै घर नजिकैको लुठा नदिमा मृत फेला परेका हुन् । 

बुधवार होली खेल्न निस्किएका लक्ष्मी रामलाई स्थानीयले नदिमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय एकटाँगाका प्रहरी नायब निरीक्षक रबिन्द्र खड्का नेतृत्वको प्रहरी टोलीले घट्नास्थलमा पुगेर मुचुल्का लिएको छ । 

स्थानीयका अनुसार मृतकले अत्यधिक मात्रामा मदिरा सेवन गर्थे । मदिरा सेवन गरेकै कारण लडेर नदिमा जाँदा मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । 

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीका अनुसार शबको मुचुल्का गरी पोष्टमार्टमको लागी विरगञ्जस्थित नारायणी अस्पतालमा पठाईएको छ । 
 

Back to top