×

वीरगञ्ज । वीरगञ्जबाट चोरी भएको मोटरसाइकल पटेर्वासुगौलीमा फेला परेको छ । वीरगञ्जस्थित सूर्य अस्पतालको परिसरभित्रबाट चोरी भएको मोटरसाइकल जिल्लाको ग्रामिण भेगमा पर्ने पटेर्वासुगौलीबाट फेला परेको हो । 

सोमाबर अस्पतालमा उपचारका निमीत्त आएका सेवाग्राहीको मोटरसाइकल पार्किङबाट चोरी भएको थियो । अस्पताल परिसरबाट चोरी भएको ना ६१प ८८१६ नम्बरको होण्डा साइन मोटरसाईकल मंगलबार पटेर्वासुगौली गाँउपालिका वडा नम्बर १ मा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल वडा नम्बर १ स्थित सडक छेउमा अलपत्र अवस्थामा पार्किङ गरिएको राखेको अवस्थामा फेला परेको थियो । मोटरसाइकल फेला परेर प्रहरीले सम्बन्धित धनि बहुदरमाई नगरपालिका वडा नम्बर ९ पिपराका जितेन्द्र सिंहलाई बुझाएको छ । मंगलबारनै प्रहरी चौकी रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक पवन कुमार कुशवाहाले स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थितिमा मोटरसाइकल सिंहलाई हस्तान्तरण गरेका थिए ।

मोटरसाइकल चोरी गर्ने व्यक्तिको भने पहिचान भइसकेको छ । सूर्य अस्पतालमा जडित सिसीटिभी क्यामेरमा रेकर्ड भएको भिडियोको आधारमा चोरको पहिचान भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक थापाका अनुसार मोटरसाइकल पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ कै निवासी सनोज सहनीले चोरेर लगेको देखिएको छ । 

सहनीको पहिचा भएपछि प्रहरीले उनको खोजतलास सुरु गरेको थियो । खोजतलासकै क्रममा मोटरसाइकल सडक छेउमा पार्किङ गरेर राखिएको अवस्थामा फेला परेको डिएसपी गिरीले बताए । सहनी अहिले फरार रहेको र उनको खोजी कार्य भइरहेको गिरीको भनाई छ ।

Back to top