×

वीरगञ्ज ।  पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ देउरिया टोलमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले छापामारी गरेको छ ।

छापामारीका क्रममा अन्दाजी ८० किलोग्राम प्रतिबन्धित लागू औषध चरेस बरामद भएको छ । साथै ३ जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान खुलाइएको छैन ।

प्रहरीकाअनुसार पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । 
 

Back to top