वीरगञ्ज । माइक्रोब्लगिङ साइट ट्विटरले लिगेसी भेरिफाइड अकाउन्ट अर्थात् भुक्तान नगरिएका खाता (अनपेड अकाउन्ट) बाट ब्लूटिक हटाएको छ ।
बिहीबार राति १२ बजेबाट लिगेसी भेरिफाइड खातामा निलो टिक हटाइएको हो ।
नेपाल भारत लगायत सबै देशका राजनीतिज्ञ, अभिनेता, पत्रकार, गायक र सेलिब्रेटीहरुको भुक्तान नगरिएको खाताबाट ब्लूटिक हटेको छ । एक साताअघि नै ट्विटरका मालिक एलन मस्कले ब्लूटिक हटाउने घोषणा गरेका थिए ।
मस्कले अप्रिल १२ मा २० अप्रिलबाट ब्लुटिक हट्न थाल्ने बताएका थिए । उनले ब्लूटिक लिन चाहनेले 'ट्विटर ब्लू' को सशुल्क सदस्यता लिनुपर्ने बताएका थिए । अर्थात् मासिक शुल्क तिरेपछि मात्रै प्रयोगकर्ताको निलो टिक जारी रहनेछ ।