फाइल तस्बिर
वीरगञ्ज । सव डिभिजन वन कार्यालय रङ्गपुरको टोलीले काचो सालको गोलियासहित एक जनालाई पक्राउ गरेको छ । पर्साको राष्ट्रिय वन जंगलबाट अवैध रुपमा कटान गरी सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ३ स्थित प्रसौनी समिलमा चिरान गराएर लैजाादै गरेको अवस्थामा गस्ति टोलीले पक्राउ गरेको हो ।
सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ३ कौवाबनस्थित फर्निचर उद्योगमा लैजाँदै गरेको अवस्थामा २ क्युबिक फिट सालको काठ लोड गरिएको ना १५ प २९८८ नम्बरको मोटरसाइकलसहित १ जनालाई पक्राउ गरिएको हो ।
सखुवाप्रसौनी गाउँपालिका वडा नम्ब २ प्रसौनी टोल बस्ने सुनोज साहलाई पक्राउ गरिएको सब डिभिजन वन कार्यालय रङ्गपुर टाडीका रेन्जर कपिलदेव यादवले जानकारी दिए ।