×

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका – २ स्थति स्वास्थ्य शाखामा “हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तिजन्य पदार्थ होइन” भन्ने नाराका साथ विश्व सुर्तिजन्य पदार्थ रहित दिवसको अवसरमा आयोजित जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । 

स्थानिय बुद्धिजीवी, राजनिती दलका अगुवा, विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मीलगयातको उपस्थितिमा सम्पन्न कार्यक्रममा सुर्तिजन्य पदार्थ, मादक पदार्थ तथा अलकोहल पेय पदार्थ जस्ता कुलतमा नपरी स्वास्थ्यप्रति ध्यान दिन आग्रह गरिएको थियो । सुर्तीजन्य पदार्थले भौतिक र मानसिक स्वास्थ्यमा दिर्घकालिन असर पार्ने भन्दै यस्तो कूलतमा नफस्न वक्ताहरुले आग्रह गरे । 

सखुवाप्रसौनीका स्वास्थ्य शाखाका प्रमुख राजेश रौनियार र सरोज गिरीले सुर्तीजन्य पदार्थका बारेमा प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष शर्मिला बिस्टले पनि सुर्तीजन्य पदार्थको कूलतमा नफस्न आग्रह गरिन् । पछिल्लो समय युवाहरु यस कूलतमा बढी फँसी रहेको बताउँदै उनले अभिभावक सचेत हुनुपर्नेमा जोड दिइन् ।

Back to top