×

वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर १ गादी बनकटवा टोलबाट सालको गोलीया काठसहित एकजना पक्राउ परेका छन् ।

सबडिभिजन वन कार्यालय रङ्गपुर टाँडीबाट जमदार अर्जुन चौधरीको नेतृत्वमा खटिएको वनगस्ती टोलीले बनकटवा टोलबाट सालको काठसहित एकजनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पटेर्वासुगौली गाँउपालिका वडा नम्बर १ मलाही टोलका ३४ वर्षिय करिमन मुखिया बिन रहेका छन् ।

प्रदेश नम्बर २– ०३–०१२ प २०२१ नम्बरको मोटरसाइकलमा सालको काठ ओसार्दै गरेको अवस्थामा बिनलाई वनगस्ती टोलीले सोमबार बिहान काठ र मोटरसाइकलसहित पक्राउ गरेको रेञ्जर कपिलदेव यादवले जानकारी दिए ।

Back to top