वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर १ गदियानी गाँउस्थित खेतबाट बुधबार प्रहरीले ठूलो परिमाणमा लागूओैषध गाँजा बरामद गरेको छ ।
विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक रामराजा केशरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले २१ किलो ९६०ग्राम गाँजा बरामद गरेको हो ।
प्रनि केशरीकाअनुसार जंगलको बाटो हुँदै गाँजा बोकेर पैदल आईरहेका तीन जना व्याक्तिहरु प्रहरीको टोली देख्ने बित्तिकै गाँजासहितको बोरा र झोला खेतमा फ्याकेर फरार भएका थिए ।
खेतमा फ्याँकिएको बोरा र झोला प्रहरीले खोलेर हेर्दा गाँजाको धुलो ९ किलो ४२० ग्राम र तयारी गाँजा १२ किलो ५४० ग्राम बरामद भएको प्रहरी निरीक्षक केशरीले बताए ।
गाँजा फ्याँकेर फरार भएका व्याक्तिहरुको परिचय खुल्न नसकेको भएपनि उनिहरुको खोजी कार्य भईरहेको उनले जानकारी दिए ।