×

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ५५ करोड ७० लाख बराबरको नीति, कार्यक्रम तथा बजेट ल्याएको छ ।

शनिबार सम्पन्न नगरपालिकाको नवौं नगरसभामा उपमेयर पूजा चौधरीले आगामी आर्थिक वर्षका लागि ५५ करोड ७० लाख ३८ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।

नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर गोकर्ण पाठकले नीति तथा कार्यक्रममा पर्सागढी नगरपालिकाले कृषि, शिक्षा, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथकिता दिएको बताए ।

मेयर पाठककै अध्यक्षतामा भएको नगरसभामा उत्कृष्ट कर्मचारीका रुपमा वडा सचिव कुशुम दास र महिला तथा बालबालिका शाखाकी कर्मचारी चेतकुमारी तिमल्सिनालाई दोसल्ला ओढाएर नगद रकम प्रदान गरी सम्मानपनि गरिएको थियो ।

नगरसभामा प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराई, सबै वडाका वडाअध्यक्ष, वडासदस्य, नगरपालिकाका कर्मचारी, स्थानीय पत्रकारहरु प्रमोदप्रसाद यादव, बलिराम शुक्ला, रञ्जन यादव, चिरञ्जीवी यादव लगायतको पनि उपस्थिति रहेको थियो ।

Back to top