×

गौर । रौतहटको गौर नगरपालिकामा इन्सुलेटेड तारसहित बिजुलीको पोल गाड्ने काम तीव्रताका साथ अघि बढेको छ ।

गौरका मेयर शम्भु साहको पहलमा सड्क किनारका होचा, जीर्ण पोल र अव्यवस्थित तारलाई हटाउँदै सुरक्षित र टिकाउ इन्सुलेटेड ड तार जडान गर्ने कार्य अघि बढाइएको हो ।

नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश विद्युतीय करण योजना लौट -५ को परियोजनाअन्तर्गत गौर नगरपालिकामा पोल गाड्दै इन्सुलेटेड तार बिस्तारको काम निकै तीव्रताका साथ अघि बढाएको मेयर साहले बताए ।

नगरपालिकाको विभिन्न वडाहरूमा विद्युतीय पोल होचा र जीर्ण भएको, पोलको तार अव्यवस्थित देखिएको, होचो ताराका कारण स्थानीयहरूले असुरक्षित महसुस गरेको, घरमा तार टाँसिएको र पोल सडकबिचमा हुँदा सडक बिस्तार गर्न असहज देखिएकोले इन्सुलेटेड तारसहित अग्ला र गुणस्तरीय पोल गाड्ने प्रक्रिया अगाडि बढाइएको साहको भनाई छ ।

तत्काल अति आवश्यक ठाउँमा मात्रै इन्सुलेटेड तार बिस्तार भइरहेको भए पनि केही समय भित्रै नगरभित्रका सम्पूर्ण स्थानमा अभियानअन्तर्गत इन्सुलेटेड तारसहितको पोल जडान गर्ने आफ्नो उद्देश्य रहेको साहले बताए ।

अहिले लगभग दुई किलोमिटर इन्सुलेटेड तार, केही ठाउँमा नाङ्गो मोटो तार सहित पोल ठाउँ सारी र पोल गाड्ने काम सम्पन्न भएको आयोजना प्रमुख धुपेन्द्र झाले जानकारी दिए । नगर भरी १० किलोमिटर मा तार सहित तिन सय पोल जडान गर्नु पर्ने अवस्था देखिएको प्रमुख झाको भनाई छ ।

गौर नगरपालिकामा मात्रै तिन करोडको बजेटमा कामलाई निकै प्रभावकारीको साथ अघि बढाइएको झाको भनाई छ ।

मेयर साहले नगरको जनताको चासो, गुनासो र सरोकारको विषयलाई सम्बोधन गर्न देखाएको हार्दिकता निकै सराहनीय रहेको स्थानीय दिपल यादवले बताए ।

निर्वाचित भएपछि छोटो समय मै गौर नगरवासीमा लोकप्रिय बन्न सफल मेयर साहले रौतहटको सदरमुकाम समेत रहेको गौरको  बिपी चोकमा घण्टाघर निर्माणको कार्य पनि अगाडि बढाएका छन् ।

निर्वाचित भएपछि एक वर्ष भित्रै मेयर साहले नगर सभा गृह (टाउन हल) निर्माण, विवाह मण्डप निर्माण, बहरवामा झोलुङ्गे पुल निर्माण र मोटर बोट चलाउने कार्य, शिवालय मन्दिर सौन्दर्यीकरण जस्ता महत्त्वपूर्ण विकास निर्माणका कामलाई तीव्रताका साथ अगाडि बढाएका छन् ।

Back to top