×

कपाल धुनुअघि तेल लगाउनु एकदमै फाइदाजनक हुन्छ । तर धेरैको मनमा कपालमा यसरी तेल लगाउँदा चायाँ बढ्न सक्छ कि भन्ने प्रश्न हुन्छ । आउनुहोस् यसबारेमा जान्नै प्रयास गरौं ।

तेल लगाउँदा कपाललाई पोषण प्राप्त हुन्छ र मरेको कपालमा जीवन पलाए जस्तो हुन्छ । तेल मालिस गर्दा टाउकोमा रक्तसञ्चार पनि राम्रो हुन्छ जसले गर्दा कपाल अझ बलियो तथा लामो पनि हुँदै जान्छ ।

तर तेल लगाउँदा चायाँ आउने समस्या पनि हुन सक्छ । स्काल्पमा फंगल इन्फेक्शनले गर्दा चायाँको समस्या हुन्छ । केही तेलहरुमा स्याचुरेटेड फ्याट धेरै पाइन्छ जसले यिस्टको समस्या बढ्छ । यही कारणले तेल लगाउँदा चायाँ आउने समस्या बढ्छ ।

तपाईंको पनि कपालमा चायाँ छ भने तेल लगाउने गल्ती नगर्नुहोस् । चायाँ भएको कपालमा तेल लगाउँदा चाँया अझै बढ्न सक्छ । फंगल इन्फेक्शनको कारण चायाँले छालालाई पनि नोक्सान पुयाउन  सक्छ ।

तपाईंको निधारमा एक्ने तथा डन्डीफोरहरु आइरहेको छ भने पनि कपालमा तेल लगाउनबाट बच्नुपर्छ । तेल लगाउँदा यो समस्या झनै बढ्न सक्ने तथा अन्य ठाउँमा पनि फैलन सक्छ ।

तपाईंलाई पहिलेदेखि नै कपाल झर्ने समस्या भइरहेको छ भने पनि तपाईं तेलले नै कपाल बढाउँछ वा उमार्छ भनेर ढुक्क नहुनुहोस् । कपाल झरिरहेको अवस्थामा तेल बाहेक कपालमा हेयर मास्कहरुको पनि प्रयोग गर्नु फाइदाजनक हुन सक्छ ।

तपाईंको स्काल्प एकदमै तैलीय वा चिल्लो निस्कने खालको छ भने पनि धेरै तेलको प्रयोग गर्नु हानिकारक हुन सक्छ । यसले टाउको चिलाउने तथा इन्फेक्शनको समस्या हुन सक्छ । यस्तोमा कपालमा धेरै धुलो तथा माटोहरु टाँसिने गर्छ जसले गर्दा कपाललाई नोक्सान पुयाउँछ ।

Back to top