धेरैजसो मानिसलाई दुधमा मिसाएर खानलाई चिनीको स्वस्थकर विकल्पको रुपमा मह सही हुन्छ भन्ने लाग्छ । तर दुधमा मह मिसाएर खानु कति सही वा गलत भन्ने शंका भने रहेको हुन्छ । यसमा शंका मान्नु पर्दैन । दुधसँग मह ढुक्कसँग खान सकिन्छ । यो एकदमै आनन्ददायी पेय पदार्थमा पर्दछ । संसारका कुना कुनामा दुधमा मह मिसाएर मानिसहरु पिउने गर्छन् ।
दुधमा मह मिसाएर पिउँदा हुने फाइदाहरु–
- दुध क्याल्सियम, प्रोटिन, भिटामिन र मिनरल्सहरुको राम्रो स्रोत हो । जबकी महमा एन्टीअक्सीडेन्ट, भिटामिन तथा मिनरल्सहरु पाइन्छन् । यी दुबैको कम्बिनेशनले तपाईंलाई अझै स्वस्थ बनाउँछ ।
-
- दुध र मह दुबैमा इम्यून सिस्टम बुस्ट गर्ने तत्वहरु हुन्छन् । यसको सेवनले विमारीलाई पनि फाइदा गर्छ भने विभिन्न विमारीहरु हुनबाट पनि जोगाउँछ ।
-
- दुधमा मह मिसाएर खाँदा पाचनप्रणाली पनि राम्रो हुन्छ । यसले ग्यास्ट्रोइन्टेस्टाइनलमा हुने असुविधाबाट राहत दिन्छ ।
-
- रातमा सुत्नुभन्दा केही समय पहिले दुधमा मह मिसाएर पिउँदा निद्रा राम्रो लाग्छ ।
हड्डीको स्वास्थ्यका लागि पनि दुधमा मह मिसाएर पिउनु फाइदाजनक मानिन्छ । दुधमा क्याल्सियम हुन्छ भने महमा म्याग्नेशियम र फस्फोरस जस्ता मिनरल्स पाइन्छन् जसले हड्डीलाई स्वस्थ बनाउन महत्वपूर्ण भूमिका निभाउँछ ।
ध्यान दिनुपर्ने कुरा
- दुधमा मह मिसाएर पिउनु स्वस्थकर हुँदाहुँदै पनि केही कुराहरुको भने विशेष ध्यान दिनुपर्ने हुन्छ । खासगरी दुग्धजन्य पदार्थबाट एलर्जी हुने व्यक्तिले पनि यो पिउनु हुँदैन ।
-
- दुधमा मह मिसाउने भन्दैमा बजारमा पाइने जुन पनि मह मिसाउनु सही हुँदैन । गुणस्तरीय सामग्रीको छनौट गरी त्यस्तो सामग्री मात्र मिसाएर सेवन गर्नुपर्छ ।
-
- यदी दुध एकदमै धेरै तातो छ भने त्यसमा मह नमिसाउनुहोस्, किनकी यसरी महमा भएका फाइदाजनक तत्वहरु कम हुन्छन् । दुध सधैं मनतातो वा चिसो भएपछि मात्र मह मिसाउनुपर्दछ ।
-
- यदी तपाईंलाई पाचन सम्बन्धी समस्या छ भने सुत्नुपूर्व भन्दा सुत्नुभन्दा एक देखि दुई घण्टा अगाडि मह र दुध पिउनुहोस् ।
-
- यदी तपाईं कुनै औषधीहरु सेवन गरिरहनु भएको छ वा कुनै स्वास्थ्य समस्या छ भने यसको सेवन गर्नुअघि विशेषज्ञ वा डाक्टरसँग सल्लाह लिनुहोस् ।