सर्लाही। सर्लाही प्रहरीले ब्रम्हपुर गाउँपालिकामा लागुऔषध गाँजा लुकाएर राखेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। सर्लाहीको ब्रम्हपुर गाउँपालिका–५, सखुअवा गाउँका २१ वर्षीय पंकज साहलाई करिब १० किलोग्राम गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार पंकज साहले घरभित्र गाँजा लुकाएर राखेको भन्ने सूचनाका आधारमा छापा मारी उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका साहमाथि लागुऔषध सम्बन्धी अभियोगमा जिल्ला अदालत मलंगवाबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले आवश्यक थप अनुसन्धान भइरहेको र अभियोग प्रमाणित भएमा उनलाई कानूनबमोजिम कारबाही गरिने जानकारी दिए।
प्रहरीले गाँजा जस्तो गम्भीर अपराधमा संलग्न रहेको भन्दै यसबारेमा थप सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।