×

रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटले अदालतको फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत लामो समयदेखि फरार रहेका १७ जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ परेका प्रतिवादीहरू विभिन्न मुद्दामा संलग्न रही फरार रहेका थिए।

प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरूमा गरुडा नगरपालिका–७ का रामदेव यादवसहित १३ जना कुटपिट मुद्दामा संलग्न रहेका छन्। वडा नम्बर ५ का अभद्र व्यवहार मुद्दाका कारण यादव, वडा नम्बर १ का सवारी अङ्गभङ्ग मुद्दाका हरिशचन्द्र यादव तथा गौर नगरपालिका–३ का अनुचित लेनदेन मुद्दाका भागरथ साहलाई पनि प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार, पक्राउ परेका प्रतिवादीहरूलाई बिहीबार जिल्ला अदालत गौर र जिल्ला प्रशासन कार्यालय गौरमा उपस्थित गराइएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि अदालतबाट कैद सजायसहित १ लाख ८० हजार जरिवाना असुल गरिएको बताइएको छ।

प्रहरीले पछिल्लो समय अदालतको फैसला कार्यान्वयन गर्नका लागि फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाएको छ। यो अभियानले कानुनी शासनको कार्यान्वयनमा सकारात्मक प्रभाव पार्ने प्रहरीको विश्वास छ।

Back to top