×

रौतहट। रौतहट प्रहरीले अवैध रूपमा भन्सार छलेर ल्याइएको चामलसहित एक जनालाई नियन्त्रणमा लिएको छ। गौर नगरपालिका–१ भन्सार चौकमा चेकजाँचको क्रममा ५ लाख १२ हजार रुपैयाँ बराबरको चामल बरामद गरिएको छ।

प्रदेश २–०३–००१ ज ०२४८ नम्बरको पिकअप बलेरो गाडी चेकजाँच गर्दा उक्त चामल बरामद भएको हो। गाडीका चालक माधवनारायण नगरपालिका–२ बस्ने राजेश्वर साहलाई समेत पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायका अनुसार गाडी, चामल, र चालकलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको छ।

प्रहरीले भन्सार छलेर ल्याइने गैरकानुनी वस्तुको विरुद्ध थप चेकजाँच र निगरानीलाई कडाइ गर्दै जाने बताएको छ।

Back to top