×

रौतहट । रौतहटमा एक वडा अध्यक्षको निधन भएको छ। जिल्लाको ईशनाथ नगरपालिका वडा नं. १ का वडा अध्यक्ष  बिगु_साह_बनिया (ब्यास जी) को  निधन भएको हो।

लामो समय देखि मृगौला रोगको समस्याले ग्रसित वडा अध्यक्ष बनियाको बिहिवार राजधानी काठमाडौको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

स्वर्गीय वडा अध्यक्ष बनियाको पार्थिब शरीरलाई पारिवारका सदस्य एवं नगरबासिलाई अन्तिम दर्शनका लागि वडा न.१ बन्जरहा गाउँ पुर्याईएको र आजै हिन्दु परम्परा अनुसार अन्त्येस्टी गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

उहाँको निवासमा अन्तिम श्राधान्जलीको लागि स्थानीय नेता कार्यकर्ताको भिड लागेको छ ।विभिन्न पार्टीका नेता एवं विभिन्न संघ-संस्था शोक बिग्यपति जारी गर्दै उहाँको निधनले समाज र जनतालाई ठुलो क्षति पुगेको बताएका छन् ।उहाँ निधनले सिङ्गो बन्जराहा गाउँ लगायत आसपास ईस्टमित्र शोकमा डुबेका छन् ।

वडा अध्यक्ष बनिया ईशनाथ नगरपालिका लगायत आसपासका क्षेत्रमा लोकप्रीय एवं स्थापित समाजसेविको रुपमा चिरपरिचित  रहनु भएका थिए।

Back to top