×

वीरगञ्ज। कम्प्युटर एशोसिएशन महासंघ पर्साको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संजय कुमार सक्सेनाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा गणेश कुमार साह सोनार, सचिवमा राहुल कुमार साह, कोषाध्यक्षमा सुरजबाबु पटेल रहेका छन्। त्यस्तै, सदस्यहरुमा अर्जुन कुमार साह, राकेश कुमार साह, बिक्रम जैन, प्रकाश कुमार मिश्र, र रोशन चौधरी चयन भएका छन्।

निर्वाचन समितिका संयोजक ईमामुदिन अहमदका अनुसार अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै महासंघको गतिविधिलाई थप व्यवस्थित बनाउने योजना अघि सारेको छ।

कार्यक्रममा महासंघ पर्साका निवर्तमान अध्यक्ष प्रशान्त साहको अध्यक्षता रहेको थियो। कम्प्युटर एशोसिएशन महासंघका केन्द्रीय सदस्य दीपक साह प्रमुख अतिथि रहेको कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

अधिवेशनमा आईपिपी मधेश प्रदेशका पूर्व अध्यक्ष आलोक चौधरी, सचिव गणेश ठाकुर, कम्प्युटर एशोसिएशन महासंघ बाराका अध्यक्ष संजय केशरी, प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तव र समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमनलगायतको सहभागिता रहेको थियो।

कार्यक्रमले महासंघलाई डिजिटल प्रविधिको प्रवर्द्धनमा अझ प्रभावकारी बनाउन नयाँ योजनासहित अघि बढाउने संकल्प गरेको छ।

Back to top