×

सर्लाही। बलरा नगरपालिका-६ मिर्जापुरमा गढीमाईको मेलामा जाँडरक्सी सेवन गरी झगडा गर्ने क्रममा एक युवकलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, स्थानीयको सूचनाको आधारमा आइतवार साँझ ६:१५ बजे १९ वर्षीय धर्मजित कुमार सहनी, उपनाम गोलु, लाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका सहनी बलरा नगरपालिका–६ मिर्जापुरका अमिन्द्र सहनीका छोरा हुन्।

प्रहरीले युवकलाई नियन्त्रणमा लिएर शरीर जाँच गर्दा लुकाइछिपाई राखिएको कटुवा पेस्तोल फेला परेको थियो। साथै, घटनास्थलबाट बच्चाहरूले खेल्ने चाइनिज पेस्तोलजस्तो देखिने सामग्री पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

डिएसपी श्रेष्ठका अनुसार, सहनीलाई मलंगवा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान जारी राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र मेलाको सुरक्षाका लागि प्रहरीले निगरानी बढाएको पनि जानकारी दिइएको छ।

Back to top