×

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ०२ र ०३ मा बागमती नदीको स्पर मरम्मत नहुदा स्थानिय चिन्तित भएका छन् । 

असोज १२ गते आएको बाढिले दुर्गा भगवती गाउँपालिका वडा नम्बर ०२ भलोहिया र वडा नम्बर ०३ मत्सरीका गरि ३ वटा स्पर मा बढि मात्रामा  क्षति भएको छ भने केहिमा आंशिक क्षति भएको छ ।

१४ नम्बर स्पर करिव २०० मिटर पानीले बगाउदा दुवै तर्फ खेति गर्ने कृषकहरु समेत मारमा परेका छन् स्पर नहुदा जान आउन समस्या हुने तथा बगाएको भाग करिव २० फीट गहिरो रहेकोले तत्काल मर्मत  गराउन स्थानिय रजनीश झाले रौतहट क्षेत्र नं १ प्रदेश सभा सदस्य सांसद इन्दु कुमारी सह संग आग्रह गरेका छन् । 

त्यसै गरि स्पर तत्काल मरम्मत नहुदा बर्षायाममा झन् जोखिम बढने तथा बाढि आए पछि छेउको बस्ति नै बगाउने डर रहेकोले तत्काल मर्मत सम्भारको लागि पहल गरि दिन वडा नम्बर ०२ का वडा अध्यक्ष सुरेश चौधरीले प्रदेश सांसद साह संग आग्रह गर्नु भएको छ ।

वडा अध्यक्ष चौधरीका अनुसार वडाको बजेटले नभ्याउने अवस्था रहेकोले प्रदेश सरकार मार्फत तत्काल मर्मत कार्यको लागि पहल गरिदिन प्रदेश सांसद साहलाइ आग्रह गरेका छौं , प्रदेश सांसद साहले पनि चाडै स्पर मरम्मत शुरु हुने बिश्वास दिलाउनु भएको बताउनु भएको छ ।

जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय रौतहटका प्रमुख भक्तलाल कर्णका अनुसार सो कार्य बागमती तथा लाल बकैया नदि नियन्त्रण कार्यालय परवानीपुरको रहेता पनि  कामको प्रकृति हेर्दा  तत्काल शुरु गर्नु पर्ने अबस्था रहेको  र प्रदेश सान्सद इन्दु कुमारी साहको गृह  पालिका रहेको कारण उनको बारम्बारको दवावको कारण समेत  हामीले तत्काल मरम्मत गर्नु पर्ने अबस्था रहेको बताउनु भएको छ ।

बाढिले स्परमा क्षति पुर्याए पछि प्रदेश सांसद साहको अनुरोधमा नेपालि कांग्रेश मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादव,अर्थ मंत्री सुनिल कुमार यादव तथा उर्जा सिचाई तथा खानेपानी मंत्री शेष नारायण यादव समेतले सो ठाउँ अवलोकन गर्नु भएको थियो ।

Back to top