×

रौतहट । सशस्त्र प्रहरीले रौतहटबाट १६ लाखभन्दा बढी नगदसहित हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रौतहटको राजपुर नगरपालिका-४ का ४० वर्षीय शिव मङ्गल साह र २३ वर्षीय प्रवेज आलम रहेको सशस्त्र प्रहरी बल नम्बर ११ हेडक्वार्टर गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी)) विक्रम हुमागाईँले जानकारी दिए ।

भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका-४ महुलिया नाकामा सशस्त्र प्रहरी मठीयाको टोलीले मधेस प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरूलाई १६ लाख ४९ हजार २०० रुपैयाँ नगदसहित पक्राउ गरिएको हो ।

बरामद गरिएको नगदको स्रोत खुलाउन नसकेपछि उनीहरूलाई नगद र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा पठाइएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ ।

Back to top