काँचो होस वा पाकेको वा सुकेको नरिवलका फाइदा नै हुन्छन् । विशेषगरी गर्मीमा नरिवलको पानी पिउने धेरै प्रचलन छ र यो फाइदाजनक पनि हुन्छ । तर, के तपाईंलाई थाहा छ, सुकेको नरिवल खाँदा पनि शरीरलाई धेरै नै फाइदा हुन्छ ।

तपाईंले दैनिक रुपमा थोरै मात्रामा सुकेको नरिवल खान सक्नुहुन्छ । सुकेको नरिवलमा एन्टीअक्सीडेन्ट गुण पनि अत्यधिक हुन्छ । यसले रगतमा आइरन अब्जर्ब हुन्छ । सथामा यो मुटुका लागि पनि फाइदाजनक हुन्छ ।
दैनिक सुकेको नरिवल खाँदा दिमाग तेज हुन्छ । यसले हाम्रो स्मरण शक्ति बढाउँछ र मानसिक स्वास्थ्यमा पनि सुधार ल्याउँछ । सुकेको नरिवल कपालका लागि पनि एकदमै फाइदाजनक हुन्छ । यसमा पाइने पोषक तत्वले कपाल झर्न रोक्नुका साथै मुलायम र चम्किलो बनाउँछ ।
सुकेको नरिवल खानाले हड्डी पनि बलियो हुन्छ । दैनिक रुपमा यसको सेवनले हड्डी सम्बन्धी समस्यामा पनि फाइदा गर्दछ । सुकेको नरिवल खाँदा टाउको दुख्ने समस्या पनि कम हुन्छ । यसले तपाईंको दिमाग शान्त हुन्छ र ताजगी महसुस गर्न सक्नुहुन्छ ।