वीरगञ्ज । भुक्तानी सेवा प्रदायक कम्पनीहरू खल्ती र आईएमई पे बिच मर्जरको सम्झौता भएको छ ।
आइतबार दुई कम्पनीबिच मर्जरको लागि सम्झौता भएर स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाएको हो ।
भुक्तानी सेवा प्रदायकहरूबिच पहिलो मर्जर हुन लागेको हो । आइएमई ग्रुपको लगानी रहेको आईएमई पे नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत पाउने पहिलो कम्पनी समेत हो ।
यस्तै खल्तीमा इन्टरनेट सेवा प्रदायक वर्डलिंक सहित ‘स्पारो’ एसएमएस सञ्चालनमा ल्याउने अमित अग्रवाल र उनका अन्य ३ जना साथीहरूको लगानी रहेको छ ।
हाल खल्तीको चुक्ता पुँजी ५ करोड रुपैयाँ र आईएमई पे को चुक्ता पुँजी ३० करोड रुपैयाँ छ ।