रौतहट। पुर्व मन्त्री एवं मधेसीबादी दलका नेता अनिल झाले खोलेको गजेन्द्र नारायण स्मृति अस्पतालको छात्राबास मै एक छात्रा झुन्डिएको अवस्थामा फेला परेकी छन् ।
रौतहटको गरुडा नगरपालिका -१ जयनगरमा अवस्थित रहेको गजेन्द्र नारायण स्मृति अस्पताल डिप्लोमा फार्मेसी अध्ययनरत एक छात्रा बिहीबार बिहानै छात्राबासको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
डिप्लोमा फार्मेसी पहिलो बर्षमा अध्ययनरत १८ बर्षीय छात्रा रारिका बैठा (नाम परिवर्तन )आफू बस्ने होस्टलको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।
घटनाको सुचना बिहानै ५ बजे करिब पाए लग्तै देखि अनुसन्धानमा जुटेका छौ,मृत्क बारा जिल्ला बिसरामपुर-५ ईटियाही बस्ने (नाम परिवर्तन ) राम बैठाको छोरी रहेकी जानकारी प्राप्त भएको छ ।घरपरिवारलाई खबर गरेका छौ। अहिले अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।