×

वीरगञ्ज । मोफसलबाट सञ्चालित नेपालको अग्रणी सफ्टवेयर डेभलपमेन्ट कम्पनी डाइनामिक टेक्नोसफ्टले आफ्नो स्थापनाको १५ औँ वार्षिकोत्सव मनाउँदै १६ औँ वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना ग्राहकहरूका लागि सम्पूर्ण सफ्टवेयर सेवामा १५ प्रतिशत छुट अफर घोषणा गरेको छ ।

सन् २०१० मा मधेस प्रदेशको वीरगञ्जबाट सुरु भएको डाइनामिक टेक्नोसफ्टले आजसम्म नेपाल, भारत र जापानमा गरी दुई हजार दुई सय भन्दा बढी ग्राहकहरूको विश्वास जित्न सफल भएको छ ।

कम्पनीले शिक्षा, स्वास्थ्य, निर्माण र सेवा क्षेत्रहरूमा डिजिटल रूपान्तरणलाई सहज बनाउन डाइनामिक ईआरपी, एकेडेमिक ईआरपी, हस्पिटल ईआरपी र मेम्बरशिप ईआरपीजस्ता अत्याधुनिक सफ्टवेयरहरू विकास गर्दै आएको छ ।

डाइनामिक टेक्नोसफ्ट नेपालकै पहिलो आन्तरिक राजस्व विभागद्वारा प्रमाणित ईआरपी प्रोभाइडर कम्पनी हो । कम्पनीसँग देशभर ५० भन्दा बढी आधिकारिक डिलरहरू र एक सय भन्दा बढी प्राविधिक विज्ञहरूको दक्ष टोली रहेको छ ।

शिक्षा क्षेत्रमा कम्पनीले आठ सय भन्दा बढी विद्यालय तथा कलेजहरूलाई सेवा दिइरहेको छ भने स्वास्थ्य क्षेत्रमा सय भन्दा बढी अस्पताल र मेडिकल कलेजहरूसँग सहकार्य गरिरहेको छ । त्यस्तै, विभिन्न पालिकाहरूमा समेत डाइनामिक टेक्नोसफ्टको ईआरपी समाधान प्रयोग भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा समेत विस्तारको तयारी गर्दै कम्पनीले दुबई, मलेसिया र इन्डोनेसिया जस्ता देशहरूमा सेवा पुर्‍याउने योजना बनाएको छ ।

डाइनामिक टेक्नोसफ्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दीपक साहले १५ वर्षको यात्रालाई विश्वास, प्रतिबद्धता र निरन्तर सुधारको परिणाम भन्दै आगामी दिनहरूमा अझ नवीनतम सेवा र समाधान लिएर आउने प्रतिबद्धता व्यक्त गरे ।

१५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्रदान गरिएको १५ प्रतिशत छुट सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Back to top