आर्थिक वर्ष २०८२/८३ को बजेटमा निजी क्षेत्रलाई समृद्धिको प्रमुख सम्वाहकको भूमिकामा राखेर अगाडी बढुने सोच सकारात्मा रहेको छ ।
उद्यमशीलता, रोजगारी, उत्पादन र उत्पादकत्वको अभिवृद्धि, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता सहितको प्राथमिकत आर्थिक बृद्धिको अधार हुन सक्छ ।
निजी क्षेत्रलाई उकासनको लागि कम्पनी दर्ता र बहिर्गमन एकलविन्दुबाट, विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नया“ उद्योग स्थापना गर्ने अनुमति प्राप्त उद्योगहरुलाई सुरुका तीन वर्षको भाडा पूर्ण रुपले छुट दिइने छ, भाडाको दर रु.२० बाट घटँउर रु.५ क्याम गर्नु, प्रमुख पर्यटकीय क्षेत्रमा हिल स्टेसन तथा रिसोर्ट बनाउन वनका जग्गा लिजमा दिनु, वनको रुख कट्टान तथा उपभोगलाई सजिलो बनाउनु, वन क्षेत्रको राजमार्गमा फर्निचर उद्योग स्थापना गर्ने, स्टार्टअप उद्ममीलाई सहुलियतपूर्ण कर्जा ३ प्रतिशतमा उपलब्ध गराउने, लगानी बोर्डमार्फत निजी क्षेत्रसंग ७ खर्ब बराबरको परियोजना विकास सम्झौता गर्ने घोषणा गर्ने र ४ खर्ब रुपैयाँ बराबरको आयोजनाको निर्माण कामको थालनी गर्ने जस्ता कार्यक्रमहरुले निजी क्षेत्रलाई व्यवसाय गर्न सहज हुने छ ।
यसको साथसाथै हालसम्म स्वेट सेयरको व्यवस्था नभएकोमा अब उपरान्त स्वेट सेयरस पाउने व्यवस्था भएको छ विज्ञहरुलाई आफ्नो विज्ञाताको अधारमा सेयर प्राप्त गर्न सजिलो हुनेछ ।
कर्जा तथा निक्षेप सुरक्षण मार्फत सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिनेछ । सहकारीका बतकर्ताको रकम फिर्ता गराउन कोष स्थापना गर्ने, सहकारीको वर्गीकरण, एकीकरण र संरचनागत सुधार गरिने, समस्या ग्रस्त सहकारीका बचतकर्ताको निक्षेप तथा सञ्चालकको सम्पत्ति बिक्री गरेर फिर्ता गर्ने व्यवस्थाले सहकारी क्षेत्र सुधार हुने छ ।
सरकारले रोजगारी र कामदार खोज्न सहज हुने गरी रोजगार पोर्टल सञ्चालनमा ल्याउने, सबै प्रदेशमा रोजगार मेला आयोजना गर्ने, वैदेशिक रोजगारीमा जाने महिलाको कार्यस्थलमा हुने सुरक्षा सुनिश्चतता गर्ने, नेपालबाट उत्पादित वस्तुको मापदण्ड, निर्धारण तथा प्रमाणीकरण कार्यलाई व्यवस्थित गर्ने, बौद्धिक सम्पत्तिको कानुनमा सामूहिक सुधार गरिने जस्ता कार्यक्रमहरुले आर्थिक बृद्धिमा सघाउछ ।
विद्यार्थीलाई हप्तामा २० घन्टा काम गर्न दिइने, उद्यमशिहलता मौत्री शिक्षको प्रवद्र्धन गर्ने, विद्यार्थीलाई कमाउदै सिक्दै कार्यक्रम मार्फत शिक्षित गर्ने, रोजगारीको सुनिश्चिता जस्ता कार्यले वीदेशिने विद्यार्थीको संख्यामा कमि आउने छ । अधारभुत शिक्षमा ५ कक्षासम्मको विद्यार्थीहरुको दिवा आजा र सेनेटरी पाडको बजेट बृद्धि सतिको कार्यक्रमहरु शिक्ष सुधारका लागि उपयुक्त्त हुने छ ।
समग्रमा बजेट राम्रो छ । तर २० प्रतिशतको पूँजीगत खर्चले देश विकास गर्न सकिदैन भने हरेक वर्ष बजेट घाटामा हुने गरेको बृद्धि देश र जनताको लागि हानिकारक छ । शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार, खेलकुद, वृद्धभत्ता, तलबवृद्धि, कर छुट लगायतका कार्यक्रमहरु राम्रो भएतापनि कर्यान्वयनमा ठुलो चुनौती रहेको छ । बाबा पशुतिनाथले बजेटमा भएका कार्यक्रमहरुको श्रोत व्यवस्थापनमा सहयोग गरुन र बजेट कर्यान्वयन होस् ।