×

कुमारी बैंक लिमिटेडले आफ्नो सेवामा नयाँ प्रविधि थपेको छ। बैंकले ‘कुमारी भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु गरेको छ, जुन ग्राहकहरूले मोबाइल एपमार्फत सहज रूपमा प्रयोग गर्न सक्नेछन्।

फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सहकार्यमा सुरु गरिएको यो सेवा कुमारी बैंकको ‘कुमारी स्मार्ट’ मोबाइल बैंकिङ एपमार्फत सहजै सक्रिय गर्न सकिन्छ।

भर्चुअल क्रेडिट कार्ड भन्नाले कुनै भौतिक कार्ड नभई डिजिटल रूपमा जारी हुने कार्ड हो। ग्राहकहरूले यस कार्डलाई मोबाइलमै सुचारु गरी फोनपेको क्यूआर मर्चेन्टहरूमा भुक्तानी गर्न सक्नेछन्।

यस कार्ड प्रयोग गर्दा ग्राहकहरूले अधिकतम ४५ दिनसम्म ब्याज नतिरी कारोबार गर्न सक्ने सुविधा पाउनेछन्। साथै, १० प्रतिशतदेखि १०० प्रतिशतसम्म सेटलमेन्ट भुक्तानीको विकल्प पनि उपलब्ध हुनेछ।

Back to top